सरकारबाट भएको स्रोत र साधनबाट मात्रै विपत्ति समाधान गनए सम्भव हुँदैन, हामी तत्पर छौंः सभापति थापा

काठमाडौं, ११ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

सभापति थापाले भने, ‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं ।’

सडक सफा गर्न जनशक्ति अभाव भएको हुँदा अन्य दलबाट सहयोगको अपेक्षा गृहमन्त्री सुधन गुरुङले बैठकमा राखेका थिए । त्यसका लागि पार्टी संरचना परिचालित हुने जानकारी गराएको सभापति थापाले बताए ।

विपतिको केही समयपछि त्यसलाई बिर्सने बानी रहेको हुँदा यो प्रवृत्तिको पुनरावृत्ति नहोस् भनि सरकारको ध्यानाकर्षण गराएको सभापति थापाले बताए ।

संसद्‍भित्रबाट सर्वदलीय संयन्त्र बनाउन सकिने छलफल भएको सभापति थापाले बताए । उक्त संयन्त्रले निरन्तर कार्य गर्नसक्ने उनले बताए ।

जलवायु परिवर्तनले पारेको प्रभाव बारे छलफल गर्नुपर्ने सभापति थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्