हेलिकप्टरमार्फत सयौंभन्दा बढीको उद्धार
काठमाडौं, १० भदौ । रसुवा बाढीमा फसेका सय बढीको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरे क्षेत्रबाट १३, मैलुङ क्षेत्रबाट ५, बेतावत्री क्षेत्रबाट ४, त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको जनाएको छ ।
उनीहरू सबैको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको हो। बुधबार रसुवाको भोटेकोशीमा आकस्मिक बाढी आउँदा रसुवासँगै नुवाकोट, धादिङ, चितवनसहितका जिल्लामा ठूलो क्षति भएको छ। क्षेतिको विवरण आउन बाँकी छ । धेरै मानिस हताहत भएको, आवतजावत बन्द भएको, सम्पकै विच्छेद भएको छ ।



प्रतिक्रिया दिनुहोस्