तत्काल राष्ट्रिय शोक घोषणा गरी उद्धार र राहतमा जुट्न महामन्त्री प्रदीप पौडेलको सरकारसँग माग

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्र हुँदै आएको भीषण बाढीका कारणबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडलले प्राकृतिक विपत्तिको यस अकल्पनीय घटनाले सिङ्गो देशलाई गहिरो शोकमा पारेको उल्लेख गरेका छन्। उनले राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गरेर विपद् व्यवस्थापन, उद्धार र राहतमा जुट्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

ूयस महाविपत्तिको घडीमा तत्काल राष्ट्रिय शोक घोषणा गरी राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गरेर उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापनमा सक्रिय हुन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,ू उनले सामजिक सञ्जाल मार्फत लेखेका छन्।

यस दुःखद र संवेदनशील परिस्थितिमा सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भन्दै उनले सम्पूर्ण पार्टी पङ्क्ति र सरोकारवालाहरूलाई सहयोगका लागि आह्वान गरेका छन्।

महामन्त्रीले नेपाली कांग्रेसका सम्पूर्ण सदस्यहरू, आम नागरिक, निजी क्षेत्र तथा सामाजिक संघ(संस्थाहरू लगायत सबैलाई आ(आफ्नो ठाउँबाट उद्धार तथा राहत कार्यमा सक्रिय रूपले जुट्न हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्