विद्या निर्दोष पहाडिका केहि गजलहरु

– विद्या निर्दोष पहाडि
– आठविस नगरपालिका ७, दैलेख
– हाल– विरेन्द्रनगर, सुर्खेत

गजल–१
विर्सिन्छु भनेर सम्झिन्छु तिमिलाई सम्झिन्छु
भन्छन आफै लाई विर्सिन्छु तिमिलाई सम्झिन्छु

हिजो फोनमा भावुक हुदै आमाले भन्नु भो
पाँचको खाँड गोट्टा किन्छु तिमिलाई सम्झिन्छु

ए देश तिमि मलाई यति धेरै चाहान्छौ
म परदेशमा वेचिन्छु तिमिलाई सम्झिन्छु

तिमिलाई था छ मलाई मायाँ गर्न आउदैन
जव एक पाईला हिन्छु तिमिलाई सम्झिन्छु ।

गजल–२
भुल्नु हुन्न आफ्नो देशको माटो भने के हुन्छ
वाँझो राख्न हुन्न खेत र पाखो भने के हुन्छ

निदाएको छ भनेर जिस्किन खोज्दै छौ
विचार गर सेर ले आँखा खोल्यो भने के हुन्छ

व्यस्त चौकमा कसै संग देखेर मुस्कुराउदा
मन परेको मान्छे ले तँ को हो भने के हुन्छ

आमाको मृगौला वेचेर छोरो मोटर चढ्यो
आमा भन्छिन उहि त मेरो छोरो भने के हुुन्छ ।

गजल–३
एक छ रोडमा नाङ्गो पैतला वढाईरहेको
अर्को छ अग्लो छत वाट मुस्कुराइरहेको

एक तिमि हौ यो मनमा आगो लगाई जाने
अर्को उ हो यो मनको आगो निभाइरहेको

यस कारण पनि तिमि संग ठोकिन पुगें
मलाई पनि हेर्नु थियो कोहि आईरहेको

तडा हुन्जेल त अघि वढें र वढाईरहें
खुट्टा लर्खराए पछि था भो सर्प समाईरहेको ।

गजल–४
यो मन दुखेको थियो हेर मुस्कुराउदै निस्किएँ
त्यो मन दुख्लाकि भनेर मुस्कुराउदै निस्किएँ

मृत्यु आएको थियो,अवशर आएको थियो
थाहा छैन कस्लाई भेटेर मुस्कुराउदै निस्किएँ

हजुर आएपछि न हो म निस्किन परेको
निस्किदा हजुरलाई सम्झेर मुस्कुराउदै निस्किएँ

जिव्रो थुतेर कटघरामा उभ्याईएको हो
जन्म कैदको सजाय पाएर मुस्कुराउदै निस्किएँ ।

गजल–५
क्रमश आफ्नाहरुवाट टाढिन थाल्यो
उ अग्लो ठाउमा पुगेको सुनिन थाल्यो

आमाको लाशलाई उठाउन खोज्दा
अंगालो हालेर वच्चा रोईदिन थाल्यो

वेश्यालयवाट फर्केपछि उ निदाउन सकेन
जव वेचिएकि आफ्नै वहिनि सम्झिन थाल्यो

पशु वधशाला जाने वाटोको आडैमा
मान्छेहरुवाट मान्छे काटिन थाल्यो

यो मनमा वसेकि हौ र वसिरहने छौ
कति सजिलै भन्यौ यार विर्सिन थाल्यो ।

  • निकै मिठा गजल लेख्ने गजलकार पहाडि कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगर, सुर्खेतमा क्रियाशिल जुझारु, पत्रकार तथा साहित्यकार हुन् ।
प्रतिक्रिया दिनुहोस्