सुनको मूल्य उल्लेख्य वृद्धि हुनेक्रम जारी

काठमाडौं, ७ भदौ । नेपाली बजारमा सुनको मूल्य उल्लेख्य वृद्धि हुने क्रमा जारी रहेको छ। भदौ ७ गते, आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्