कोसी ब्यारेजबाट ट्रक खस्यो, दुईको मृत्यु

सुनसरी । कोसी ब्यारेजबाट टक खस्दा दुई जनाको मृत्यु भएको छ । हेटौँडाबाट इटहरी आउँदै गरेको ट्रक सप्तकोसी ब्यारेजको १९ र २० नम्बर ढोकाबाट नदीमा खस्दा दुईजनाको ज्यान गएको छ, भने सातजना घाइते भएका छन् ।

स्काभेटर लोड गरेको ना४ख ३५६ नम्बरको ट्रक अनियन्त्रित भएर नदीमा खस्दा ट्रक र स्काभेटरका चालकको ज्यान गएको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते तीनजनाको न्यूरो अस्पताल विराटनगर र चारजनाको इनरुवा अस्पताल सुनसरीमा उपचार भइरहेको छ ।
ट्रकसँगै नदीमा डुबेका नौजनाको उद्दार गरिए पनि दुईजानको उपचारार्थ लैजाने क्रममा बाटोमै ज्यान गएको चिमोरियाले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्