सांसद आशिका तामाङ र  मेयरहरुबीच नोकझोक, बैठक नै छोडेर हिँडे

काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा रास्वपा सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरुबीच भनाभनसहितनोकझोक भएको छ । आशिका मेयरहरुसँग रिसाएर बैठक नै छोडेर हिँडेकी छन् ।
भौतिक पूर्वाधारमन्त्रीले आयोजना गर्नुपर्ने बैठक उनी अस्वस्थ भएकाले सञ्चारमन्त्री विक्रम तिमल्सीनाले बोलाएका थिए । पूर्वाधार मन्त्रालयको संयोजनमा उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी यो दोस्रो बैठक चलिरहको बेला सांसद आशिका र मयरबीच भनाभन भएको हुँदा उनी उठेरहिडेकी हुन् ।

बैठकमा ९ जना नगरप्रमुख उपस्थित थिए । सुरुमा मेयरहरुले आफ्नो कुरा राखे । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो भनाइ राखेर बैठकबाट हिँड्न लागेपछि आशिकाले आपत्ति जनाएकी थिइन् ।
‘अस्तिको बैठकमा जम्मा ३ जना मेयर आउनुभयो । आज पनि ९ जना मात्रै आउनुभएको छ । त्यही पनि तपाईंहरुलाई हिँड्नै हतार छ । यसरी कसरी हुन्छ रु’ भन्दै आशिका जंगिएपछि वादविवाद भएको थियो ।

बैठकमा ललितपुर उपमहानगरका मेयर चिरिबाबु महर्जन बोल्दा विवाद उत्कर्षमा पुग्यो । चिरिबाबुले आशिकाको शैली ज्यादा आक्रामक भएको भन्दै आपत्ति जनाए । उनले उपत्यकाको फोहोर समस्याको इतिहास अध्ययन गर्न आग्रह गरे ।

महर्जनले भने, ‘सन् २०११ को जूनमा फिनिस कम्पनी र सरकारबीच उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । त्यो सम्झौता क्रियाशील हुँदासम्म हामीले जे जे योजना बनाए पनि अर्थ हुँदैन । अदालतमा मुद्दा परिहाल्छ । यु मोस्ट अन्डरस्ट्यान्ड हिष्ट्री । त्यसै मेयरहरुसँग वादविवाद गरेर हुँदैन ।’
त्यसपछि आशिकाले भनिन्, ‘मेयरहरु सबै बैठकमा आउनुपर्‍यो नि त ।’ यो विवाददे उग् रुप् ील्उक्ँे छ ।
चिरिबाबुले जवाफ दिए, ‘तपाईंको कुरा आक्रामक छ । यसरी बैठक हुँदैन ।’

त्यसपछि आशिका आक्रोशित बन्दै आफ्नो ब्याग टिपेर बैठकबाट बाहिरिइन् । जानुअघि उनले अब अर्को छलफल बन्चरे डाँडामै हुने बताइन् । बन्चरे डाँडा आशिकाको निर्वाचन क्षेत्र धादिङ १ हो । धादिङ १ मा पर्ने धुनीबेंसी नगरपालिका र नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको सिमानामा बन्चरे डाँडा रहेको छ । स्थानीय जनप्रतिनिधिका रुपमा आशिकाले नै यो बैठक आयोजनाका लागि प्रेसर गरेकी थिइन् ।
आशिका बैठकबाट हिँडेपछि कटाक्ष गर्दै चिरीबाबुले भने, ‘उहाँको जाने नै बानी छ कि जहिले पनि ।’
त्यसपछि उनले बैठक संयोजन गरेका सञ्चारमन्त्री समक्ष आपत्ती जनाए ।
उनले भने, ‘म त यो बैठकमा पूर्वाधारमन्त्रीज्यू आउनुहुन्छ भन्ने लागेको थियो । चार वटा जरुरी मिटिङ छोडेर आएको छु । तर यहाँ हामीलाई बोलाएर मानमर्दन गरियो । ९आशिकालाई ईंगित गर्दै० हु द हेल रु यस्तो स्वीकार्य छैन ।’
महर्जनले थपे, ‘सभापतित्व ग्रहण गर्नेले कन्ट्रोल गर्न सक्नुपर्छ । होइन भने यो बैठक युजलेस हुन्छ । अर्को बैठक हुँदा कन्ट्रोल गर्न सिकेर आउनुस् ।’

प्रतिक्रिया दिनुहोस्