अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग : सांसद अमरेश कुमार सिंह
काठमाडौं, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निश्पक्षताको विषयमा पश्न उठेको बताए ।
‘आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? भन्ने पश्न गरे ।
अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको भनेर उनले यसरी जानू पनि गलत रहेको बताए । गत असार पहिलो साता अख्तियारको टिम नै प्रधानमन्त्री कार्यालय पुगेको थियो ।
सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भनेर प्रश्न उठेको थियो ।
यसै पृष्ठभूमिमा सांसद सिंहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको कार्यालयको शाखा हो ?’ भनेर गरेका हुन् । उसले स्वतन्त्रा सबैधानिक निकायमाथी पश्न उठेको उनकार आरोप छ ।

प्रतिक्रिया दिनुहोस्