सुन र चाँदी दुवै धातुको मूल्य घट्यो, कति हुँदै छ कारोबार ?
काठमाडौं, ३ साउन । आज नेपाली बजारमा सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ । यस दिन सुन तोलाको दुई हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो। नेपाली महिलाहरुको महानपर्व तीज नजिकिंदै गर्दा सुन खरिद गर्न कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्