प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाअध्यक्ष सेठबीच भेटवार्ता
काठमाडौं, २ भदौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।
उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली साउन ३१ साउनमा काठमाडौं आएको थियो ।
उनी सोमबार दिनभर व्यस्त रहे । बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा चढाए । टुँडिखेलको कार्यक्रम सकिएपछि सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाध्यक्ष सेठलाई सम्मान तथा गारद ग्रहण गरेका थिए ।
त्यसपछि भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको थियो ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।
नेपाल(भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस्