सेयर बजारमा साढे ५ अर्ब नाघ्यो कारोबार, नेप्से २६४१ अंकमा

काठमाडौं ,१ भदौ ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २।२५ अंक घटेको छ । यसअघि शुक्रबार पनि नेप्से ७।३७ अंक घटेको थियो ।

आजको कारोबारपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । आज ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को घटेको छ, त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोडको भयो । आजको कारोबार रकम साउन ११ गतेयताकै उच्च हो ।

फाइनान्स समूह सबैभन्दा धेरै १।१४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १।३० प्रतिशत बढेको छ ।

बैंकिङ ०।५०, विकास बैंक ०।२९, होटल तथा पर्यटन ०।५६, लगानी ०।५९, जीवन बीमा ०।३६, माइक्रोफाइनान्स ०।६६ तथा निर्जीवन बीमा ०।६१ प्रतिशत घटे । त्यस्तै जलविद्युत् ०।४५, अन्य ०।४७ र व्यापार ०।१४ प्रतिशत बढे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब २३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ६५ करोड, उत्पादन तथा प्रशोधन १६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ११।१७, सगरमाथा जलविद्युत कम्पनीको ११।०६, विकास हाइड्रोपावरको ८।२२ प्रतिशत मूल्य बढ्यो ।

फर्स्ट माइक्रोफाइनान्सको ६।६३, महिला लघुवित्तको ६।५७, खानीखोला हाइड्रोपावरको ६।३३, सेन्ट्रल फाइनान्सको ४।५४ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, खानीखोला हाइड्रोपावर र विकास हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्