देवः विकास बैंकले असार २७ मा बोलायो वार्षिक साधारण सभा

काठमाडौं । देवः विकास बैंकको असार २७ गते आफ्नो एघारौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बैंकले १७.१५ बोनस दिने विशेष प्रस्ताव पेश गर्दैछ । ०.९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पनि छ । बैंकले बोनस बापत २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ र नगद लाभांशमा १ करोड ३० लाख ४ हजार ८६० रुपैयाँ खर्च गर्नेछ । साधारण सभा नेपा ब्यांकेट, खुसिबु काठमाडौमा बिहान ११ः०० बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७३÷०७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत राखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने पनि एजेन्डा पेश हुँदैछ । सभा प्रयोजनका लागि बैंकले असार १५ गतेबाट २७ गतेसम्म बुक क्लोज गर्नेछ । असार १४ सम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्