विश्वकपमा आज को संग को भिड्दैछ ?

एजेन्सी । विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिको छ ।

बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । उरुग्वेले आज साउदी अरेबियाको सामना गर्दैछ । आजै अर्को समूहमा क्रिस्टिायानो रोनाल्डोको पोर्चुगल र मोरोक्को र स्पेनले इरानको सामना गर्नेछ । पोर्चुगल र स्पेनले पहिलो खेलमा रोमाञ्चक ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।

विश्व कपमा आज कसकोबिरद्धमा को खेल्दैछ ?

समूह ‘बी’
पहिलो खेल – पोर्चुगलविरुद्ध मोरोक्को –साँझ ५ः४५ बजे
समूह ‘ए’
दोस्रो खेल– उरुग्वेविरुद्ध साउदी अरेबिया –राती ८ः४५ बजे
समूह ‘बी’
तेस्रो खेल – इरानविरुद्ध स्पेन राती – ११ः४५ बजे

प्रतिक्रिया दिनुहोस्