पृथ्वी राजमार्ग अन्तर्गत गजुरी, चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध

काठमाडौं, १ भदौ । देश भर बाढि पहिरोको घटनाहरु बढेको छ धेरै राष्ट्रिय राजमार्गहरु प्रभावित भएको छ । यस्तै नागढुंगा/मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ। पहिरो पन्छाएपश्चात राजमागै खुल्ने छ । पन्छाउन केहि बेर लाग्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्