आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि

काठमाडौं, ३१ साउन । आज एकै दिन सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले जनाएको छ ।

महासंघले आजका लागि सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा पनि आइतबार वृद्धि देखिएको छ। चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार ९० रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च बिन्दुमा पुगेको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३७६ दशमलव ६२ डलर र चाँदी प्रतिऔँस ६४ दशमलव ७ डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपाली नारीहरुको महानपर्व तीज नजिकिंदै गर्दा सुनको मुल्य वृद्धिले खरिद कर्तालाई निकै दूविधा बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्