दुर्गा प्रसाईँको घरकाे गेटमा प्रहरी परिचालन, किन पक्रेन ?
काठमाडौं, ३० साउन। व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शनिबार पनि प्रहरी पुगेको छ । पटकपटक समातिदै र छुट्दै आएका व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शनिबार पनि प्रहरी पुगेको छ । तर ती प्रहरी कहाँबाट गएका हुन् भन्नेबारे जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जानकारी छैन ।
दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले दिउसो १ बजेदेखि तीनवटा गाडीमा प्रहरी आएर गेटमा बसेको बताए । त्यसबेला दुर्गा घरमै थिए । ‘उनीहरू गेटमा बसेर निगरानी गरिरहेका थिए ।
पसाईले गेटमा बसेको प्रहरी अहिले भर्खर फर्किएको तर केही पर अहिले पनि तैनाथ रहेको उनले जानकारी दिए । अकारण नै आतंकित पार्न खोजिएको उनको भनाइ छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का र जिल्लाका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीलाई सम्पर्क गर्दा उनीहरूले यसबारे केही जानकारी नभएको बताए । एसएसपी खड्काले आफ्नो कार्यालयको तर्फबाट त्यहाँ कोही नगएको दावी गरे ।
‘नियमित गस्ती, पेटोलिङ होला, त्यहीँ पठाएको भन्ने कुनै जानकारी छैन’, भक्तपुरका प्रहरी प्रवक्ता कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्