नुवाकोटको थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खस्यो

काठमाडौं, ३० साउन । नुवाकोटको शिवपुरी गाउँपालिका७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौं–दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२ नम्बरको बस र बा.०३(००१ ज ११७६ नम्बरको खाली इभी भ्यान खसेका हुन् ।

दुर्घटनामा बसमा रहेका पाँच जना महिला घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति र रामेछाप खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री गम्भीर घाइते भएका छन् ।

सर्लाही लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काडाँघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मैलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काडाँघारी बस्ने ६० वर्षीया जानु श्रेष्ठको अवस्था मध्यम छ ।

खाजा(खानका लागि सडक छेउमा रोकेको बस आफैं गुडेर भ्यानलाई ठक्कर दिंदा दुर्घटना भएको हो । बसको ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०र४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकार िदिएको छ ।

प्रतिक्रिया दिनुहोस्