सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट
काठमाडौं, २९ साउन । नेपाली बजारमा सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला चार हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो। यसले गर्दा सुन चाँदी खरिद कर्तालाई निकै उतढचढाव भएको छ ।












प्रतिक्रिया दिनुहोस्