मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आयो
काठमााडौं , २९ साउन । मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो हटाएपछि काठमाडौं मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका९६ स्थित आठ किलोमा पहिरो खस्दा बिहीबार बिहान सवा २ बजेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।यसले गर्दा यात्रुलाई सास्ती खेप्नु परेको थियो । यात्रा गदा निकै सतर्कता अपनाउ आवश्यक छ ।












प्रतिक्रिया दिनुहोस्