कास्की र पर्वत जोड्ने दुई वटा पुल बगायो, फसेका ३ जनाको उद्धार प्रयास जारी
काठमााडौं , २९ साउन । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ ।
राति २ः ०० बजे तिर आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ ।
अन्नपूर्ण गाउँपालिका(५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्नका लागि बनाइएका २ वटा मेटलको पुल ९पर्वत र कास्कीतर्फ० बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको छ ।
थापाका अनुसार १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना मन्दिरमा फसेको र उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दारटोली घटनास्थल पुगेको छ । उद्धार कार्य जारी छ ।












प्रतिक्रिया दिनुहोस्