जाजरकोटमा बाढीले चार वटा घरसहित एक झोलुङ्गे पुल बगायो
काठमााडौं , २९ साउन । जाजरकोटमा बाढीले चार वटा घरसहित एक झोलुङ्गे पुल बगाएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ ।
बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्याएको हो । ठूलो बाढीका कारण भेरी करिडोर सडक खण्ड समेत जोखिममा परेको छ ।
वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले बताएका छन्। थप क्षेती हुन नदिन सबैलाई सकर्तता अपनाउन आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्