९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढ्यो
काठमाडौं, २८ साउन ।विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ
साउन १९ गते सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेकोमा अहिले ३ लाख ६ हजार ७ सय रुपैयाँ छ । यद्यपि अघिल्लो दिनको तुलनामा आज बिहीबारको मूल्य स्थिर हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७५० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७४५ रुपैयाँ थियो । विगत ९ दिनमा चाँदी पनि ३७० रुपैयाँ बढेको छ। साउन ९ गते चाँदी ४ हजार ३८० रुपैयाँ थियो ।












प्रतिक्रिया दिनुहोस्