खाना पकाउने एलपी ग्यासको चरम अभाव, खोज्न थाले जनताले सोर्सफोर्स

काठमाडौं, २७ साउन। पछिल्लो तीन सातादेखि काठमाडौं उपत्यका लगायत देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । ग्यास लिन नागरिकहरू घण्टौं लाइनमा बस्नेहरू त छँदैछन् । यस्तोमा कतिपय उपभोक्ता ग्यास पाइन्छ कि भनेर नेता र सांसदहरूको सोर्सफोर्स खोज्न थालेका छन् ।

राष्ट्रिय सभा सदस्य पदम परियारका अनुसार उनलाई उपभोक्ताले ग्यास पाइन्छ कि भनेर फोन गरिरहेका छन् ।

 

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सांसदहरूलाई जिल्ला–जिल्लाका जनताले फोन गरिरहेको सुनाउँदै नागरिकले के भनिरहेका छन् भनेर सुनाए ।

‘फोन गरेर लौन एउटा दुइटा ग्यास सिलिन्डर मिलाइदिनुपर्‍यो । तपाईंले भनेको मान्छन् कि १ भनेर नागरिकहरूले अनुरोध गर्नुभएको छ,’ सांसद परियारले भने ।

सरकारले समस्या नरहेको बताइरहँदा नागरिकले ग्यास मिलाइदिनुपर्‍यो भनेर जनताले नेताहरूको सोर्सफोर्स लगाउन थालेको उनले बताएका हुन् ।

‘कहिलेसम्म नागरिकलाई ढाँट्ने काम गर्न यो सरकार रु,’ परियारले भनेका छन्, ‘यो सन्दर्भमा अलि बढी संवेदनशील हुन सरकारलाई अनुरोध गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्