शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग
काठमाडौं, २६ असार । उद्योगी तथा व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि एक करोड धरौटी माग भएको हो। गोल्छा आज मंगलबार अदालत उपस्थित भएका थिए।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो।
उनी यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।












प्रतिक्रिया दिनुहोस्