सुनको मूल्यप्रतितोला ३ लाख १ हजार
काठमाडौं, २५ साउन, । नेपाली बजारमा अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार जम्मा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया दिनुहोस्