सही समय आउन केही समय लाग्ने, जनतालाई नआत्तिन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं, २३ साउन । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने र सहि समय आउने बताएका हुन् । उनले सार्जजनिक गरेके पोष्टमा नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् ।

शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको लेखेका छन् ।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रधानमन्त्रीको यो पेष्टले समाजकि सञ्जाल तातेको छ । सहि समय यो भन्दा अर हुन नसक्ने समेत विभिन्न व्यक्तिहरुले प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्