एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं, २२ साउन । एनएमबि क्यापिटलफण्डको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्डले आफ्ना इकाईधनीलाई लाभांश वितरण गर्ने भएको छ। कम्पनीको निर्णयअनुसार गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्न लागिएको हो।

एनएमबि सरल बचत फण्ड–इ का इकाईधनीलाई करसहित ५.२५ प्रतिशत अर्थात् २५ करोड ६८ लाख रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

फण्डको २०८३ साल असार मसान्तमा कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा इकाई पुँजीको आधारमा उक्त प्रतिफल वितरण गरिने क्यापितलले जनाएको छ ।

साउन २१ गतेसम्म कायम इकाईधनीहरू प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्। सोहीअनुसार साउन २१ गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रतिफल वितरणका लागि इकाईधनीको बैंक खाता तथा व्यक्तिगत विवरण अद्यावधिक भएकाले गर्नु पर्ने भएकाले लगानीकर्तालाई आफ्नो विवरण अद्यावधिक राख्न कम्पनीले आग्रह समेत गरेको छ। यसले शेयर धनीलाई राहत महसुस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्