कुमारी क्यापिटलले तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा
काठमाडौं, २२ साउन । वित्तिय लगानीको क्षेत्रमा अब्ल कुमारी क्यापिटल लिमिटेडले कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।
आफ्नो व्यवस्थापनमा रहेको क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले र कुमारी सबल योजनाका इकाईधनीहरुलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यहि साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको क्यापितलले जनाएको छ । लाभांश वितरण प्रयोजनार्थ यी योजनाहरुले भदौ ४ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्। यसले इकाईधनीहरुलाई केहि राहत हुनेछ ।












प्रतिक्रिया दिनुहोस्