सांसद चन्द्रमोहन यादवले दिनभरि सदनमा मौन धारण गरेर उभिरहने घोषणा

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले दिनभरि सदनमा मौन धारण गरेर उभिरहने घोषणा गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारको विरोधमा मौन धारण गर्ने बताए।उनले ढल्केबरमै ट्रमा सेन्टर हुनुपर्छ भन्ने पक्षमा दिनभरि सदनमा उभिएर बस्ने बताए।

सांसद यादव सदनमा उभिरहेपछि सभामुख डीपी अर्यालले जनताको माग सम्बोधन गर्ने पनि ठाउँ रहेको भन्दै बस्न आग्रह गरे।

उनले भने, ‘यो हामी प्रतिनिधि सभाको सभा सञ्चालन गरिरहेका छौँ। त्यस कारणले प्रतिनिधि सभाको मूल्य, मान्यता, हाम्रो आफ्नो यसको मर्यादा माननीय सदस्यलाई मैले भनिरहनु पर्दैन। त्यसैले बस्नुस्।सभालाई मर्यादित रूपमा सञ्चालन गर्नको लागि सहयोग गर्नुस्।’

तर सांसद यादवले ढल्केबरको ट्रमा सेन्टरको योजना काटिएको विषयमा अर्थ या स्वास्थ्यमन्त्री आएर जवाफ दिनुपर्ने अडान राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्