राणा र दुर्गा प्रसाईंले गरे नयाँ पार्टी गठन, पार्टीको नाम ‘जय नेपाल’
काठमाडौं, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा.धवल शमशेर जबरा राणा र नागरिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।
लामो छलफल र निष्कपर्ष पछि नेता जबरा र नागरिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका हुन् । उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी राख्ने तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा राणा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।
दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् । यसको सम्पूर्ण तयारीमा पार्टी कार्यकर्ता लागेका छन् ।












प्रतिक्रिया दिनुहोस्