मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: लगानी बोर्डको प्रमुख कार्यकारी र विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त
काठमाडौं, २० साउन । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्यालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।
यस्तै विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा खड्ग केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।
उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा।डा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
१. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।
२. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने।
३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।
४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने ।
५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने ।
७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।












प्रतिक्रिया दिनुहोस्