कैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढ्यो

काठमाडौं, २० साउन । आज (बुधबार) एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।
यसअघि सुनको भाउ माघ १५ गते नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्