सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो
काठमाडौं, १९ साउन । मंगलबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।












प्रतिक्रिया दिनुहोस्