सुनसरी घटनाका क्रममा घाईते भएका थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौं, १९ साउन । सुनसरी घटनाका क्रममा घाईते भएका थप एक जना घाइतेको मृत्यु भएको छ ।
नसरी घटनाका क्रममा घाईते भएका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेका अनुसार उपचार गर्दा गदाए उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ ।
यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो । सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।
रवीन्द्रको मृत्युसँगै सुनसरी आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्