सिन्धुपाल्चोकको लिपिङमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं, १९ साउन । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मंगलबार बिहान ९ः३० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ । सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक संचालनमा समस्या हुने प्रहरीले जनाएको छ । यसले गर्दा आगमन प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्