बसको ठक्करबाट महिलाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलवार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख १९७३ नम्वरंको बसले ना १३ प ६७१४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालिका वडा नं १ की ५० वर्षीया रक्सीमिया महतोको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउसो १२ः५ बजे मृत्यु भएको हो । बिहान १०ः३० बजे भएको उक्त घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ५३ वर्षीय रामप्रसाद महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

महतोको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्