आज सुनचाँदीको दुबै धातुको मूल्य घट्यो
काठमाडौं, १७ साउन । नेपाल बजारमा आइतबार सुनचाँदीको दुबै धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको ४५ रुपैयाँ घटेको हो ।
महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार रुपैयाँ थियो । गत आइतबार सुनको भाउ २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३६० रुपैयाँ रहेकोमा आज ४५ रुपैयाँ घटेसँगै ४ हजार ३१५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ४१० रुपैयाँ थियो। यसले खरिद कर्तालाई सहज भएको छ ।












प्रतिक्रिया दिनुहोस्