नेको इन्स्योरेन्सको संस्थापक शेयर लिलाम मार्फत सर्वसाधारणलाई बेचिंदै

काठमाडौं । नेको इन्स्योरेन्सले २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बेच्ने भएको छ । कोष ब्यवस्थापन कम्पनीले आजदेखि असार ११ गतेसम्म आवेदन दिनसक्ने गरी नेको इन्स्योरेन्सको प्रमोटरतर्फको २ लाख कित्ता शेयरको लिलाम खुलाएको हो ।

यसअघि पनि लिलाम भईसकेको भएपनि संस्थापकहरु मार्फत बिक्री नभएपछि यस पटक सर्वसाधारणले पनि आवेदन दिन पाउने भएका हुन । लिलाममा सहभागी हुन चाहनेहरुले प्रति कित्ता २४२ रुपैयाँ भन्दामाथि मूल्य राखेर कम्तिमा ५ हजार कित्ताका लागि आवदेन दिनुपर्ने छ ।

कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ ।

प्रतिक्रिया दिनुहोस्