आज पनि बढ्यो सुन–चाँदीको मूल्य, सुन तोलाको २ लाख ८५ हजार रुपैयाँ
काठमाडौं, १५ साउन। नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढेको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ बढेर ४ हजार ३६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४,०८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।












प्रतिक्रिया दिनुहोस्