बेल्जियमको विजयी सुरूवात

काठमाडौं । विश्वकपमा बेल्जियमले पानामालाई ३–० गोल गर्दै विजयी सुरूवात गरेको छ । समूह “जी” को सोमबार सम्पन्न भएको खेलमा उसले पहिलोपटक विश्वकपमा छनौट भएको मध्य अमेरिकी देश पानामालाई ३–० ले हराएको हो।
पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए तर दोस्रो हाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गरेपछि बेल्जियमले खेलमा अग्रता लिएको थियो । बेल्जियमका आर लुकाकुले खेलको ६९ औं र ७५ औं मिनेटमा गोल गर्दै बेल्जियमको जीत सुनिश्चित गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्