सिजीले सार्वजनिक गर्‍यो मेरिडिया सिरिजका नयाँ प्रिमियम रेफ्रिजरेटर

काठमाडौं, १४ साउन । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिजअन्तर्गत चार नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटर बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नयाँ सार्वजनिक गरिएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI रहेका छन्। यी रेफ्रिजरेटरहरूको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ। आधुनिक डिजाइन र आकर्षक लुक्सका साथ यी फ्रिजहरू ‘लिफी वाइन’ र ‘लिफी ब्लु’ रङमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नयाँ मेरिडिया सिरिजका रेफ्रिजरेटरमा डिजिटल इन्भर्टर कम्प्रेसर प्रविधि प्रयोग गरिएको छ, जसले ऊर्जा बचत गर्नुका साथै कम भोल्टेजमा पनि प्रभावकारी रूपमा काम गर्ने कम्पनीको दाबी छ।

त्यस्तै, छिटो र समान रूपमा कुलिङ प्रदान गर्न टर्बो कुलिङ टेक्नोलोजी तथा एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको छ। फलफूल तथा तरकारी लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस प्रविधि र धेरै सामग्री भण्डारण गर्न सकिने जम्बो भेजिटेबल ट्रेको सुविधा पनि राखिएको छ।

नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै CGMS220DLRI र CGMS220DLBI मोडलमा प्याज, आलुलगायत सामग्री राख्न छुट्टै ड्राइ बास्केटको व्यवस्था गरिएको छ। त्यस्तै, CGMS220LRI र CGMS220LBI मोडलमा प्रिमियम डिजाइनसहित आकर्षक एप्रोन बेस उपलब्ध गराइएको छ।

सुरक्षित भण्डारणका लागि सबै मोडलमा लक एन्ड की सुविधा राखिएको कम्पनीले जनाएको छ।

सिजीले आफ्नो ‘Experience Life with CG’ नाराअनुसार आधुनिक प्रविधि, ऊर्जा बचत, आकर्षक डिजाइन र ग्राहकको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर नयाँ रेफ्रिजरेटर बजारमा ल्याएको जनाएको छ।

सिजी मेरिडिया कम्पनीको प्रिमियम सिग्नेचर सिरिज हो, जसमा अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र प्रिमियम अनुभवको संयोजन गरिएको कम्पनीको भनाइ छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा सक्रिय सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र सेवामार्फत नेपाली उपभोक्ताको विश्वास जित्दै आएको जनाएको छ।

नयाँ मेरिडिया सिरिजका फ्रिजहरू देशभर रहेका सिजी डिजिटलका शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। कम्पनीले बिक्रीपछिको सेवाका लागि देशभर ४० वटा सेवा केन्द्रमार्फत सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्