शान्ति र सद्भावका लागि सबै पक्षले आवेग र उत्तेजनामा नआई धैर्यता र संयमताका साथ संवाद गर्नुपर्छ : सभापति थपा

ंकाठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् ।

सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले यस्तो आग्रह गरेको बैठकपछि जानकारी दिए ।

‘यो बेलामा निभाउनुपर्ने भूमिकाबारे जानकारी गराएका छौँ । अरू दलका नेताहरूले पनि सोही कुरा राख्नुभएको छ’, सभापति थापाले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो यो कसैले वरदान दिएको होइन ।’

उनले वर्षौँदेखि नेपालका नागरिकहरूले समुदायको साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएकाले धार्मिक सहिष्णुतालाई जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘यसका निम्ति, आवेग र उत्तेजनामा नआई धैर्यता र संयमताका साथ संवाद गर्नुपर्छ भनेर आहा्वान गरिरहेका छौ’, थापाले भने, ‘सार्वजनिक आह्वान मात्र होइन, पार्टीका जनप्रतिनिधिहरूलाई संवाद गरेर बैठक राख्न लगाएको जानकारी गराएका छौ । ’

उनले सद्भाव कायम गर्न आआफ्नो दलहरूले गरेको प्रयत्नलाई साझा प्रयत्नका रूपमा अघि बढाउँदै सामूहिक रूपमा सबै राजनीतिक दल, प्रशासन, प्रेसलाई समेत त्यसका लागि आह्वान गर्न प्रस्ताव गरेको बताए । थापाले यस्तो अवस्थामा सरकार के गर्दै छ रु भनेर प्रश्न गरेको बताए ।

‘हामीले सरकारलाई प्रश्न पनि गरेका छौ । सरकार कहाँ छ रु, के गर्दै छ रु सरकार बन्दुक, लाठी र स्ट्याटसमा मात्र भेटिनु हुँदैन ।’, सभापति थापाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्