नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन प्रतितोला ४,३०० रुपैयाँले सस्तो
काठमाडौं, १२ साउन । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ३०० रुपैयाँले घटेको हो।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको छ। अर्थात्, चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको हो।
सुन तथा चाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरका आधारमा निर्धारण हुने गरेको छ।













प्रतिक्रिया दिनुहोस्