जिट्राडिया डट कम औपचारिक सञ्चालनमा, नेपाली उपभोक्तालाई विश्व बजारका लाखौँ उत्पादनमा पहुँच
काठमाडौं, ११ साउन । इ–कमर्स प्लेटफर्म जिट्राडिया डट कम (जिट्राडिया–वियोन्ड बोर्डर्स) औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्पनीका अनुसार यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली उपभोक्ता तथा व्यवसायीलाई विश्वभरका लाखौँ उत्पादनमा प्रत्यक्ष पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनीले अन्तर्राष्ट्रिय तथा स्थानीय बजारका गुणस्तरीय उत्पादनहरू प्रतिस्पर्धी र किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन खरिददारीलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने जनाएको छ।
अन्तर्राष्ट्रिय बजारबाट सामान खरिद गर्दा आइपर्न सक्ने जोखिमलाई कम गर्न जिट्राडियाले सामानको बीमा तथा सहज भुक्तानी प्रणालीको व्यवस्था गरेको छ। ग्राहकले आफ्नो रोजाइको बैंक खाताबाट सोझै रकम भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
अर्डर गरिएका सामानहरू ढुवानी तथा वितरण प्रक्रियामा सुरक्षित रहून् भन्ने उद्देश्यले बीमाको व्यवस्था गरिएको छ। यसले सामान हराउने वा क्षति हुने सम्भावनाबाट ग्राहकलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ।
‘वियोन्ड बोर्डर्स’ नाराका साथ अघि बढेको जिट्राडियाले नेपाली उपभोक्तालाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्दै सुरक्षित, भरपर्दो र झन्झटमुक्त डेलिभरी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
जिट्राडियाका मुख्य विशेषता
विश्वव्यापी उत्पादन खोजी:
अन्तर्राष्ट्रिय बजारका लाखौँ सामग्रीहरू सजिलै खोजी गरी अर्डर गर्न सकिने सुविधा।
सुरक्षित र सहज डेलिभरी:
ग्राहकले अर्डर गरेका सामानहरू व्यवस्थित प्रक्रियामार्फत घरदैलोसम्म पुर्याउने व्यवस्था।
गुणस्तरीय उत्पादनको सुनिश्चितता:
विश्वसनीय स्रोतबाट गुणस्तरीय सामान उपलब्ध गराउने लक्ष्य।
नेपाली व्यवसायको प्रवर्द्धन:
नेपालका साना तथा ठूला व्यवसायीलाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्न सहयोग गर्ने उद्देश्य।
जिट्राडियाले प्रविधिको प्रयोगमार्फत नेपाली बजारलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र अनलाइन खरिददारीको अनुभवलाई अझ सहज बनाउने लक्ष्य राखेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्