शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क मन्त्रिपरिषद बैठकद्वारा खारेज
काठमाडौं, ६ साउन । शिक्षा र स्वास्थ्य समता शुल्क मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ।
प्रधानमन्त्री बालेन शाहले फेसबुकमार्फत हटाउने घोषणा गरेको शिक्षा र स्वास्थ्य समता शुल्क मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी दिए । बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ मा व्यवस्था गरिएको दुवै शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।
पोखरेलका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत यी शुल्कको व्यवस्था गरेको थियो।
साउन १ गतेदेखि लागू भएका ती शुल्कप्रति निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र र सर्वसाधारणबाट आलोचना भएपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भएको थियो।
यसअघि मंगलबार प्रधानमन्त्री बालेन शाहले नै शिक्षा र स्वास्थ्य समता शुल्क हटाउने प्रक्रिया तत्काल अघि बढाइने सार्वजनिक घोषणा गरेका थिए। त्यसको भोलिपल्ट मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्दै दुबै शुल्क पूर्ण रूपमा खारेज गरेको छ । यस निर्णयसँगै नागरिकलाई केहि राहत भएको छ ।













प्रतिक्रिया दिनुहोस्