स्वर्णिम बेल्जियमसामु नव प्रवेशी पानामाको चुनौती
एजेन्सी । स्टार खेलाडीहरूले भरिएको बेल्जियम रसिया विश्वकपको उपाधिको दाबेदार टिममध्येको एक टोली हो । बेल्जियमले आज विश्वकपको नवप्रवेशी पानामाको सामना गर्दैछ । बेल्जियम र पनामाबीचको खेल सोचीस्थित फिस्ट स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि सुरु हुनेछ ।
स्टार खेलाडीहरूले भरिएको बेल्जियम पनामाविरुद्ध निश्चित जितसहित मैदान उत्रने सोचमा छ । इतिहासकै स्वर्णिम टोली बनेको बेल्जियमसँग अहिले टोलीसँग इडेन हजार्ड, रोमेलु लुकाकु, केभिन डि ब्रुयन र थिवाउट कोर्टियसजस्ता प्रतिभाशाली खेलाडीहरू छन । त्यसैले, बेल्जियम पनामाविरुद्ध हावी हुने पक्का देखिन्छ ।
‘डार्क हर्स’को उपनाम पाएको बेल्जियमले अन्तर्रा्ष्ट्रिय फुटबलमा चिनिएको त्यति लामो समय भएको छैन । बेल्जियम १९३० कै विश्वकप खेल्ने टिमहरूमध्येको एक टोली हो । २०१४ को विश्वकपमा आफ्नो छवि परिवर्तन गर्दै बलियो टोलीका रूपमा उदय भएर आयो ।
१२ वर्षपछि ब्राजिल विश्वकपमा फर्किएको बेल्जियमले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दै विश्व फुटबलमा बेल्जियम बलियो टोलीका रूपमा उदायो । विश्वकप छनोटमा पनि एक खेल पनि नहारी रसिया विश्वकपको टिकट काट्न सफल टोली हो ।
यता विश्वकपमा पहिलोपटक सहभागिता जनाएको पनामा बेल्जियमविरुद्ध इतिहास बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । विश्वकपमा अनुभव बटुल्ने अवसरका रूपमा लिइएको पनामामा ठूला टिमलाई स्तब्ध बनाउन सक्ने क्षमता छ । पनामामा ठूला क्लबहरूमा नखेलेका खेलाडीहरू नरहे पनि पनामाले बेल्जियमविरुद्ध अंक खोस्ने रणनीतिमा रहनेछ ।
समूहमा पानामालाई ‘अन्डर डग’ बन्न सक्ने टोलीका रूपमा पनि हेरिएको छ । यी दुई टोली कुनै पनि प्रतियोगितामा पहिलोपटक आमने सामने हुन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्