मारुती सुजुकीका कार अगस्टदेखि महँगा हुने, मूल्य ३० हजार भारतीय रुपैयाँसम्म बढ्ने
काठमाडौ, ६ साउन । भारतको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी मारुती सुजुकीले आफ्ना सवारीसाधनको मूल्य पुनः बढाउने घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ मूल्य आगामी अगस्ट महिनादेखि लागू हुनेछ।
मारुती सुजुकीले विभिन्न मोडेलका कारको मूल्य ३० हजार भारतीय रुपैयाँसम्म बढाउने निर्णय गरेको हो। यससँगै नयाँ कार खरिद गर्ने ग्राहकले थप खर्च व्यहोर्नुपर्ने भएको छ।
कम्पनीले उत्पादन लागतमा वृद्धि तथा कच्चा पदार्थको मूल्य बढ्दै गएको कारण कारको मूल्य समायोजन गर्नुपरेको जनाएको छ।
मारुती सुजुकीले यसअघि पनि चालु वर्षभित्र एकपटक कारको मूल्य बढाइसकेको थियो। अब डिजायर, एर्टिगा, बलेनो, फ्रन्क्स लगायत कम्पनीका अधिकांश मोडेल नयाँ मूल्यमा बिक्री हुनेछन्।
अटोमोबाइल क्षेत्रमा उत्पादन लागत निरन्तर बढिरहेका कारण आगामी दिनमा अन्य कम्पनीहरूले पनि मूल्य समायोजन गर्न सक्ने अनुमान गरिएको छ।













प्रतिक्रिया दिनुहोस्