बुद्धभूमि नेपाल हाइड्रोपावरले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौ, ६ साउन । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले सिन्धुज्वाला हाइड्रोपावरसँग रहेका दुई जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले अपर नेश्यम जलविद्युत आयोजना (४३ मेगावाट) र अपर नेश्यम–ए जलविद्युत आयोजना (२१ मेगावाट) गरी कुल ६४ मेगावाट क्षमताका आयोजनामा लगानी गर्नेछ।

कम्पनीले यी आयोजनामा ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी लगानी गर्ने जनाएको छ।

यस निर्णयसँगै बुद्धभूमि नेपाल हाइड्रोपावरले आफ्नो लगानी विस्तार गर्दै उत्पादन क्षमता वृद्धि गर्ने रणनीतिलाई अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्