टाटा बक्स १ : सुनको मूल्यमा एकैदिन ५ हजार ४०० रुपैयाँको उछाल, प्रतितोला २ लाख ९१ हजार

काठमाडौ, ६ साउन । नेपाली बजारमा बुधबार सुन–चाँदी दुवैको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने एकैदिन पाँच हजार ४०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बुधबार बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। अर्थात् चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले वृद्धि भएको हो।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्