दक्षिण कोरियाले नेपालबाट सात हजार २०० श्रमिक माग्यो, आवेदन साउन ११ देखि

काठमाडौं, ५ साउन । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०२६ का लागि नेपालबाट सात हजार २०० जना श्रमिक माग गरेको छ।

इपिएस शाखा, ग्वार्कोका अनुसार पोइन्टमा आधारित छनोट प्रणालीअन्तर्गत अनुमानित उत्तीर्ण संख्या सात हजार २०० निर्धारण गरिएको हो। कोरियामा श्रमिकको वास्तविक मागका आधारमा यो संख्या थपघट हुन सक्ने शाखाले जनाएको छ।

क्षेत्रगत रूपमा उत्पादनमूलक क्षेत्रमा पाँच हजार जना, कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार जना, सेवा क्षेत्रमा एक सय जना र वन क्षेत्रमा एक सय जना श्रमिकको माग गरिएको छ।

इच्छुक उम्मेदवारले जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सक्ने इपिएस शाखाले जनाएको छ।

भाषा परीक्षाको पहिलो चरणमा उत्तीर्ण हुने परीक्षार्थीले दोस्रो चरणअन्तर्गत सीप परीक्षण र कार्यक्षमता मूल्याङ्कनमा पनि सहभागी भई उत्तीर्ण भएपछि मात्र अन्तिम छनोटमा पर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्